हुण्डाईको द नेक्स्ट जेन भर्ना सार्वजनिक

सोमबार, २७ कार्तिक २०७४, १९ : १९
हुण्डाईको द नेक्स्ट जेन भर्ना सार्वजनिक

हुण्डाई गाडीको नयाँ संस्करण ‘द नेक्स्ट जेन भर्ना’ चितवनमा सार्वजनिक गरिएको छ ।
चितवनका लागि हुण्डाईको आधिकरिक बिक्रेता पिनाकल ट्रेडिङले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर गाडी सार्वजनिक गरेको हो । पिनाकल ट्रेडिङ चितवनका प्रबन्ध निर्देशक इश्वरकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ चितवन शाखाका सल्लाहकार सूर्यप्रकाश कँडेलले संयुक्तरुपमा गाडी सार्वजनिक गरेका थिए ।
गाडीमा आकर्षक बनौट र अत्याधुनिक विशेषता तथा सुविधा सम्पन्न भएको कम्पनीले दाबी गरेको छ । कम्पनीले यसको डिजाइन, पर्पmर्मेन्स, फिचर्समा कुनै सम्झौता नगरेको जनाएको छ । यो गाडीलाई बलियो बनाउनको लागि उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको र उक्त स्टिल हुण्डाईको आफ्नै प्लान्टमा तयार पारिएको पिनाकल टे«डिङका प्रवन्ध निर्देशक श्रेष्ठले जानकारी दिए ।
भर्नाले २०१२ देखि नै कार पारखीहरुको मन जितेको हुनाले यो मोडल पनि नेपालमा उत्तिकै लोकप्रिय हुने श्रेष्ठले वताए । कारको मूल्य इएक्स मोडलको ४२ लाख ९६ हजार, एसएक्सको ४४ लाख ९६ हजार र इएक्स अटोमेटिकको ४६ लाख ९६ हजार तोकिएको छ । ६ वटा रङहरुमा कार उपलब्ध रहेको कम्पनीले जनाएको छ । पिनाकलले हुण्डाईका १३ वटा मोडलका गाडी बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस