काम थाले प्रदेशले, सचिवहरुको नेतृत्वमा सरकार गठनपूर्वको प्रशासनिक संरचना

पत्रपत्रिकाबाट

आइतबार, १४ माघ २०७४, ०७ : १९
काम थाले प्रदेशले, सचिवहरुको नेतृत्वमा सरकार गठनपूर्वको प्रशासनिक संरचना

प्रदेश प्रमुखको नियुक्ति र अन्तरिम प्रशासनिक संरचनाको टुंगो लागेसँगै प्रादेशिक सरकार गठनपूर्वको आवश्यक प्रशासनिक संरचनाको तयारी सुरु भएको छ । प्रदेशका प्रमुख सचिवहरूको नेतृत्वमा त्यस्तो तयारी थालिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सातवटै प्रदेशका प्रमुख सचिवलाई राजधानी बोलाएको छ ।

प्रदेश सरकार सञ्चालनका लागि भइरहेको तयारीको ताजा अवस्था बुझ्न र त्यसम्बन्धमा थप छलफल गर्न उनीहरूलाई केन्द्र डाकिएको हो ।

मन्त्रिपरिषद् कार्यालयले दुई महिनायताको गृहकार्यबाट तयार पारेको प्रदेश सरकार सञ्चालनसम्बन्धी नमुना कानुन, नियमावलीहरू प्रमुख सचिवलाई सोमबार हस्तान्तरण गर्ने कार्यक्रम राखेको छ । (कान्तिपुर दैनिक)

प्रतिक्रिया दिनुहोस