एक्लाएक्लै एकता वार्ताः ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको ?

पत्रपत्रिकाबाट

आइतबार, १४ माघ २०७४, ०७ : १०
एक्लाएक्लै एकता वार्ताः ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको ?

पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले(माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ(आफ्नै रणनीतिमा देखिएका छन् ।
शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक(अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन।

सरकार पहिले कि पार्टी एकता र दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापनसम्बन्धमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल टुंगोमा नपुगेपछि शुक्रबारको बैठक पनि निष्कर्षविहीन भएको माओवादी उच्च स्रोतले बतायो।

ओली-दाहाल शुक्रबार सुवास नेम्बाङ र रामबहादुर थापासँग बालकोटमा सामूहिक छलफल गरेपछि त्यहाँबाट बाहिरिएर ‘गोप्य वार्ता’ मा बसेका थिए। भक्तपुरस्थित एक व्यापारीको घरमा ओली(दाहालबीच अढाई घन्टा छलफल भएको थियो।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
 

प्रतिक्रिया दिनुहोस