न्युजिल्यान्ड विश्वकप फाइनलमा, भारत बाहिरियो

सफल खबर संवाददाता

बुधबार, २५ असार २०७६, २० : १६
न्युजिल्यान्ड विश्वकप फाइनलमा, भारत बाहिरियो

काठमाडौं । भारतलाई पराजित गर्दै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

२४० रनको लक्ष्य पछ्याएको भारत रनमा २२१ रनमा अलआउट भयो ।

म्यान्चेस्टरमा ४९ ओभर ३ बल खेलेको भारतले पूरै विकेट गुमाउँदै २२१ मात्र रन बनायो । भारतका लागि रवीन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अर्धशतकीय पारी खेले । ५९ बल खेलेका रवीन्द्रले ४ चौका र ४ छक्काको सहयोगमा ७७ रनको योगदान गरे । ७२ बल खेलेका धोनीले १ चौका र १ छक्काको सहयोगमा ५० रन बनाए ।

त्यस्तै भारतका रिशब पन्त र हार्दिक पाण्ड्याले समान ३२–३२ रन जोडे । भारतका ओपनर रोहित शर्मा, केएल राहुल र कप्तान बिराट कोहली १ रनमा पवेलियन फर्किएका थिए ।
यसअघि मंगलबार न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रन बनाउँदा पानी परेको थियो । लगातार पानी परेपछि यो खेल ‘रिजर्ब डे’ को लागि सारिएको थियो ।

खराब सुरुवात गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई उकासेका थिए । उनले हेनरी निकोलससँग ६८ रनको साझेदारी गरे । निकोलस भने २८ रनमा आउट भए ।

बलिङतर्फ भुवनेश्वर कुमारले तीन विकेट लिए ।

प्रतिक्रिया दिनुहोस