अपराध

फरार कैदी टिके डाका माथि चितवन प्रहरीले गोली चलायो , थप उपचारका लागि वीर अस्पताल पठाईयो

शनिबार, १३ माघ २०७४, १९ : ००
फरार कैदी टिके डाका माथि चितवन प्रहरीले गोली चलायो , थप उपचारका लागि वीर अस्पताल पठाईयो

चितवन । डिल्लीबजार कारागारबाट माघ ४ गते कैद भचूक्तान गर्दै गर्दा फरार भएका कैदिलाई भरतपुरमा गोलि प्रहार गरि प्रहरीले पक्राउ गरीएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता प्रभू प्रसाद ढकालका अनुसार डिल्लीबजार कारागारबाट फरार भएका रामेछाप दोरम्बाका २९ वर्षीय टीका थापामगरलाई पक्राउ गरिएको हो ।
निजलाई भरतपुर महानगरपालिका–१ रामनगरस्थित ओम साई पेट्रोलपम्प अगाडि महानगरीय प्रहरी बृत्त अपराध महाशाखाको टोलिले आकस्मिक चेकजाँचका क्रममा ना४७ प ५०५२ नंम्बरको पल्सर मोटरसाइकलमा आउँदै गरेका उनी र पछाडी सवार व्यक्तिले प्रहरीलाई फायरिङ गरेका थिए । उनिहरुको फायरीङ् पछि प्रहरीले छ राउण्ड जवाफी फायरिङ गरेको थियो । जवाफि फायरीङ्का क्रममा दुई राउण्ड गोलि लागेपछि मोटरसाईकल चालक थापालाई पक्राउ गरिएको हो भने पछाडि सवार फरार रहेका छन् ।  
थापामगरको हात र तिघ्रामा गोली लागेको ढकालले जानकारी दिनु भयो । घाईते थापाको उपचारका लागि बिर अस्पताल ट्रमा सेन्टर काठमाडौ पठाईएको छ ।
अपराध महाशाखा  र जिल्लाको टोलीले साँझ ५ः१५ आकस्मिक चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा मुठभेड भएको ढकालले बताउनु भयो । उनको साथबाट एक थान कटुवा पेस्तोल र खुकुरी बरामद गरिएको छ । निज लुटपाट र चोरी डकैतीका दर्जनौँ मुद्दामा डील्लीबजार कारागारमा सजाय भोग्दै गरेका थिए । फरार पछाडि सवारको खोजी कार्य तिब्र पारीएको प्रबक्ता ढकालले जानकारी दिनु भयो । जिल्लाका सबै नाकाहरुमा कडा चेकजाँच र सम्भाबित स्थानमा छड्के चेकजाँच गरिएको उहाँले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस