पोखरामा अवैध रुपमा बस्दै आएका पोल्यान्डका नागरिक पक्राउ

सफल खबर संवाददाता

सोमबार, २३ असार २०७६, २० : ०५
पोखरामा अवैध रुपमा बस्दै आएका पोल्यान्डका नागरिक पक्राउ

पोखरा । अवैध रुपमा बसोबास गर्दै आएका पोल्यान्डका नागरिकलाई पर्यटक प्रहरी कास्कीले पक्राउ गरेको छ । 

प्रहरी सहायक निरीक्षक रविन पाण्डेका अनुसार अवैध रुपमा पोखरा बस्दै आएका राकोल मार्किन नाम गरेका व्यक्तिलाई पक्राउ गरिएको हो । 

अवैध रुपमा पोखरा बस्दै आएका उनले लेकसाइड, खहरे र पृथ्वीचोकलगायतका क्षेत्रमा लागुऔषध तथा मादक पदार्थ सेवन गरि केही समय यता हो–हल्ला गर्दै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । 

प्रतिक्रिया दिनुहोस