नक्कली सुन देखाई ठगी गर्ने पाँच व्यक्ति पक्राउ

सोमबार, २३ असार २०७६, १८ : ५७
नक्कली सुन देखाई ठगी गर्ने पाँच व्यक्ति पक्राउ

फाइल फोटो

काठमाडौँ । महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई ठगी गर्ने पाँच व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले बौद्ध क्षेत्रमा अवैध सुन देखाई ठगी गर्ने  काठमाडौँकी सुस्मिता आचार्य, सिन्धुपाल्चोकका जीवन सुनार, सुनसरीका जीवन धामी चौधरी र गोरखाका जाम्बु लामा लगायतलाई आज पक्राउ गरेको हो । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले नक्कली सुनलाई सक्कली भनी ठगी गरेकाले बिस्कुट आकारको नक्कली सुनसहित पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बौद्धको पिपलबोटस्थित एमएस ज्वेलर्समा सुन राखिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस