गाउँबाटै पक्रउ परे विप्लव समूहका कार्यकर्ता

सोमबार, २३ असार २०७६, १८ : ५१
गाउँबाटै पक्रउ परे विप्लव समूहका कार्यकर्ता

परशुरामधाम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्र्ता पक्राउ परेका छन् । 
देशैभर विप्लव समूहले आफ्ना गतिविधि बढाइरहेका बेला डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउबाट ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराई पक्राउ परेका हुन् ।

आज बिहान इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक (इन्सपेक्टर) ईश्वरीदत्त पाण्डेयको नेतृत्वमा गएको टोलीले उनीहरुलाई गाउँबाटै नियन्त्रणमा लिन सफल भएको हो । 

विशेष सूचनाका आधारमा पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस