निष्ठावान वामपन्थी नेता श्रीनाथ अधिकारीको निधन

सफल खबर संवाददाता

आइतबार, २२ असार २०७६, २१ : ११
निष्ठावान वामपन्थी नेता श्रीनाथ अधिकारीको निधन

फाईल फोटो

चितवन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको  नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमाआज बेलुका  ८ः०२ निधन भएको छ ।
घाँटीमा अचानक समस्या देखिएपछि पोखराको एक अस्पतालमा चेकजाँच गर्न पुगेका नेता अधिकारीलाई क्यान्सरको शंका गरी पोखराले १९ पौषमा थप उपचारको लागि भरतपुर क्यान्सर अस्पताल भर्ना भएका उनलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धी लगिएको थियो । 

हाल नेकपा (क्रान्तिकारी माओवादी) वैद्य समूहको पोलिटब्युरो सदस्य रहेका अधिकारी जिल्लामा पुराना वामपन्थी नेताको रुपमा चिनिन्छन् । उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री रामबहादुर थापालगायतले अस्पताल पुगेर स्वास्थ्य लाभको कामनासहित सहयोगका लागि आश्वासन समेत दिएका थिए ।
अधिकारीका छोरा नारायण उक्त पार्टीको गोर्खा जिल्ला इञ्चार्ज छन् भने बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्य छिन् ।

४३ वर्षको राजीनिक इतिहास नै उनको सामाजिक जीवनको पाटोका रुपमा हेरिएको छ । नेता अधिकारी कम्युनिस्ट आन्दोलनमा एक इमान्दार, निष्ठावान र आदर्शवान नेताको रुपमा चिनिन्छन् ।

स्वर्गीय नेता अधिकारीको सोमबार अन्तिम श्रद्धाञ्जलीसंगै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस