सेती नदिमा हाम फालेर एकजना बेपत्ता

सफल खबर संवाददाता

आइतबार, २२ असार २०७६, २० : १५
सेती नदिमा हाम फालेर एकजना बेपत्ता

पोखरा । दिउँसो करिब १ बजे सेती नदिमा हाम फालेर एकजना बेपत्ता भएका छन् । 

हाम फालेर बेपत्ता हुनेमा कास्की माछापुच्छ्रेस्थित भुर्जङखोका स्थानीय राजकुमार घर्ती रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीका अनुसार हामफाल्नुको कारण भने अझैसम्म खुल्न सकेको छैन । 

‘हाम फाल्नुको कारण अझैसम्म खुल्न सकेको छैन्,’ उनले भने, ‘अनुसन्धान हुँदैछ ।’

स्थानीयले खवर गरेपछि प्रहरीले खोजी सुरु गरेको उनले बताए । हाम फाल्ने घर्तीलाई अझैसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस