मुग्लिङ्गमा आर्क ब्रिजको निर्माण सकियो

प्रकाश सिग्देल

शनिबार, २१ असार २०७६, १८ : ५६
मुग्लिङ्गमा आर्क ब्रिजको निर्माण सकियो

– प्रकाश सिग्देल

चितववन । मुग्लिङ्ग बजारमा मस्र्याङ्दी नदीमाथि निर्माण भएको आर्क ब्रिज निर्माण कार्य सकिएको छ । पुलको फाउण्डेसन निर्माणका लागि खडा गरिएको फलामको फ्रेम निकाल्ने काम सुरु भएको र फ्रेम झिकिसकेपछि पुल पूर्ण रुपमा सन्चालनमा ल्याइने निर्माण आयोजनाले बताएको छ । निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माका अनुसार पुलको सबै काम सकिएको छ ।

मुग्लिङ्गको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको हो । चीनमा पढेर आएका नेपाली इञ्जिनियरले डिजाइन गरेको यो दोस्रो आर्क ब्रिज हो । पहिलो चोभारमा परीक्षणका रूपमा निर्माण गरिएको छ । यो पुल नेपालमा निर्माण हुँदै आएका पुलका डिजाइनभन्दा फरक भएको निमार्णकर्ताको दावी छ । मुग्लिङ्ग र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्क ब्रिज पूरा भएपछि दुईतर्फी आवगमन सहज हुने अपेक्षा गरिएको छ । विश्व बैंकको रु १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो । पुल एक सय ६० मिटर लामो र ११ मिटर चौडाइको रहेको छ ।

प्रतिक्रिया दिनुहोस