माडीको बैकुण्ठ तालमा डुबेर एक जना बेपत्ता

शनिबार, २१ असार २०७६, १८ : ३२
माडीको बैकुण्ठ तालमा डुबेर एक जना बेपत्ता

चितवन ।  चितवनको माडीस्थित बैकुण्ठ तालमा डुबेर आज एक युवा बेपत्ता भएका छन् । 

साथीहरूसँग नुहाउन भरतपुरदेखि बैकुण्ठताल गएका भरतपुर–७ का १९ वर्षीय अवनत तिवारी बेपत्ता भएको प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमल्सिनाको टोलीले उनको खोजी गरिरहेको छ । - रासस
 

प्रतिक्रिया दिनुहोस