जलविद्युत् आयोजनामा एक इन्जिनियर बेपत्ता

शनिबार, २१ असार २०७६, १७ : २३
जलविद्युत् आयोजनामा एक इन्जिनियर बेपत्ता

मेलम्ची । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गोल्चेमा निर्माणाधीन गाउँघर उज्यालो साना घट्ट खोला जलविद्युत् आयोजनामा अबिरल वर्षासँगै आएको भेल निर्माणाधीन जलविद्युत् आयोजनामा पस्दा एक इन्जिनीयर बेपत्ता भएका छन् । मध्यरातमा आयोजनाभित्र भेल पस्दा जलविद्युत् आयोजनामा कार्यरत दोलखा सुनखानी–९ घर भई हाल दोलखा कालीञ्चोक–८ बस्दै आएका २३ वर्षका इन्जिनीयर मुक्ति सिवाकोटीलाई भेलले बगाएको हो ।

आयोजनामा सापकोटासहित तीन जना बस्दै आएका थिए । अन्य दुई जना भागेर बाँच्न सफल भए पनि उहाँलाई भने भेलले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डिएसपी माधव काफ्लेले जानकारी दिनुभयो  ।

बेपत्ता सापकोटाको खोजीका लागि प्रहरी खटिएको काफ्लेले जानकारी दिए । आयोजनाभित्र भेल पस्दा आयोजनाको एउटा मोटरसाइकल बगाएको छ भने आयोजनामा क्षतिमा पुगेको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस