प्युठानमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २१ असार २०७६, १३ : ०८
प्युठानमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

प्यूठान । प्युठानमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा प्यूठान नगरपालिका( २ दाखाक्वाडी निवासी ३३ वर्षीय चालक चन्द्रबहादुर नेपालीको मृत्यु छ ।

प्र्रहरीका अनुसार पाण्डेश्वरी यातायातको रा १ ज ६५८ नम्वरको सुमो सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिकै शनिवार विहान दुर्घटना भएको हो । सामुदायिक वनको भवन नजिकै पुलखोलाको सडकबाट दुई सय मिटर तल खोचमा गाडी खसेको छ ।

दाङबाट रोल्पाको लिवाङमा ९ जना यात्रु छोडेर फर्किने क्रममा गाडी दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस