विषालु सर्पको टोकाइबाट एक युवकको मृत्यु

शनिबार, २१ असार २०७६, १२ : १४
विषालु सर्पको टोकाइबाट एक युवकको मृत्यु

सर्लाही । विषालु सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । कविलासी नगरपालिका–२ निवासी सिकिन्द्र मण्डलका २१ वर्षीय छोरा विजय मण्डललाई सर्पले टोक्दा मृत्यु भएको हो ।  
 
मण्डल आफ्नो ससुराली घर कोडैना गाउँपालिका–१ सुखचैनामा सुतिरहेको बेला विषालु सर्पले टोकेको थियो । उनको समयमै उपचार हुन नपाउँदा मृत्यु भएको बताइएको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस