६ एसपीको सरुवा, को कहाँ ?

सफल खबर संवाददाता

शुक्रबार, २० असार २०७६, १९ : २२
६ एसपीको सरुवा, को कहाँ ?

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखामा ओम अधिकारीको सरुवा भएको छ । 

यस्तै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा श्यामकृष्ण अधिकारी र जिल्ला प्रहरी कार्यालय बाग्लुङमा नवराज भट्टको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

त्यस्तै ईश्वर कार्की महानगरीय अपराध महाशाखा, कृष्णहरि शर्मा मानव अधिकारी छानबिन इकाई र भोला रावल ६ नम्बर प्रदेश सरुवा भएका हुन् । 

बुधबार गोरखाका प्रमुख रहेका एसपी रावल कार्यालय समयमै मदिराले मातिएकाे अवस्थामा फेला परेका थिए । 

उनी दिउँसै मान्छे नचिन्ने गरी मदराले मातिएर कार्यालयमा सुतिरहेको अवस्थामा फेला परेका हुन् ।

घिमिरेले एसएसपी हरिराज वाग्लेको कमाण्डमा फिल्डमा अनुगमन पठाउँदा समेत एसपी रावल मदिराले मातिएकाे अवस्थामा भेटिएको र मेडिकल रिपोर्ट समेत सोही अनुसारको आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस