राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू, अन्तिम नामावली १५ माघमा

पत्रपत्रिकाबाट

शनिबार, १३ माघ २०७४, ०८ : १७
राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू, अन्तिम नामावली १५ माघमा

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू भएको छ । अब सरकारले दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम सुरु गर्न, कर्मचारी सरुवा–बढुवा र नियुक्ति गर्न पाउनेछैन ।

प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादवले आचारसंहिता कार्यान्वयनमा सहयोग गर्न सरकार र अन्य सबै पक्षलाई आग्रह गरेका छन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।राष्ट्रिय सभा निर्वाचन कार्यक्रमअनुसार १५ माघमा राष्ट्रिय सभा सदस्यका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

शुक्रबारसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय थियो । त्यस्तै १४ माघमा उम्मेदवारी फिर्ता लिने कार्यतालिका छ ।अन्तिम नामावली प्रकाशनसँगै १५ माघमै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस