नारायणी नदि किनारमा पुरुषको कंकाल फेला

सफल खबर संवाददाता

शुक्रबार, २० असार २०७६, ११ : ०५
नारायणी नदि किनारमा पुरुषको कंकाल फेला

चितवन । चितवनस्थित नारायणी नदि किनारमा एउटा मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शरिरका धेरै भाग गलेर पहिचान गर्न नसकिने अवस्थाका पुरुष व्यक्तिको कंकाल फेला परेको हो । 
पहिचान नभए पनि नदिले माथीबाट बगाएर ल्याएको अनुमान लगाईएको छ । प्रहरीका अनुसार दाँया हातको हड्डी मात्रै भएको, टाउको नभएको, शरिरका ५० प्रतिशत भन्दा बढी मांसपेशीहरु गलेको अवस्थामा बिहिवार राति ८ बजे फेला परेको थियो । 
नारायणी किनार घुम्न गएका युवाहरु र निरिक्षणका लागी पुगेको प्रहरी टोलीले देखेपछि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलमा पुगेको थियो । कंकालको पहिचान गर्ने अवस्था नभएपछि मुचुल्का उठाएर त्यहि नदि किनारमा गाडीएको छ । 
प्रहरीका अनुसार केहि दिन अघि मात्रै पनि नदि किनारमा पहिचान नखुलेको शव, कंकाल फेला परेको थियो । हरेक वर्ष नारायणी नदिले माथीबाट बगाएर ल्याएको ८/१० वटा शव, कंकाल फेला पर्नेगरेको छ । धेरैको परिचय खुल्न नसकेपछि प्रहरीले मुचुल्का उठाएर त्यहि खाडल खनेर पुर्ने गरेका छन । 
 

प्रतिक्रिया दिनुहोस