शेरबहादुरलाई बचाइदेऊ प्रचण्ड !

बुधबार, १८ असार २०७६, २० : १३
शेरबहादुरलाई बचाइदेऊ प्रचण्ड !

देवप्रकाश त्रिपाठी

उमेरले सात दशक पार गरेपछि शेरबहादुर देउवामाथि भ्रष्टाचारको आरोप लागेको छ र, उनी आफू भ्रष्टाचारी नभएको सफाइ दिँदै डुलिरहेका छन् । भनिन्छ, सत्तरी नाघेपछि मानिस आफ्नो इज्जत–प्रतिष्ठाप्रति ज्यादा संवेदनशील हुन्छन्, यस उमेर समूहका मानिसमा मान–सम्मानप्रतिको लालसा बढेर जान्छ । हुन त कम्युनिस्टहरूले देउवालाई भ्रष्टाचारी प्रमाणित गरेर काराबास पठाउने नियतबाट यस्तो आरोप लगाएको भन्ने बुझिँदैन । ‘वाइडबडी’ विमान खरिदका क्रममा भ्रष्टाचार भएकोले यसमा छानबिन हुनुपर्छ भनी देउवाले संसदमा बोलेको, काङ्ग्रेस सांसदको संयोजकत्वमा गठित संसदीय उपसमितिले चार अर्ब पैंतीस करोड भ्रष्टाचार भएको ठहरसहित त्यसमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको र यो प्रकरणले सत्तारुढ कम्युनिस्ट पार्टी तथा सरकारलाई रक्षात्मक बनाएको पृष्ठभूमिमा देउवा (पनि) भ्रष्टाचारी हुन् भन्ने प्रचारबाजी शुरु भएको हो ।

यसपटक ‘वाइडबडी’ विमान खरिद गर्दा करिब साढे चार अर्ब भ्रष्टाचार भएको र त्यसमा नेकपासम्बद्ध मन्त्री र सचिवको नामसमेत अभियोगीमा परेपछि कम्युनिस्ट नेता–कार्यकर्ताहरूले प्रतिष्ठाको विषय बनाएका छन् । अभियोग गलत या सही भएको पुष्टि गर्न अध्ययन–अनुसन्धान गर्नेभन्दा पनि ‘हामीलाई भ्रष्टाचारी भन्ने भए तिमीलाई पनि भ्रष्टाचारी भनिदिन्छौँ’ भन्ने शैलीमा कम्युनिस्टहरू प्रस्तुत भए–भइरहेका छन् । यसरी प्रमुख विपक्षी काङ्ग्रेस पार्टीका शीर्षस्थ नेतालाई समेत भ्रष्टाचारको आरोप लगाइदिएपछि आफूहरू चोखिने या अनुसन्धान र कारबाहीको प्रक्रिया शिथिल हुने विश्वासका साथ कम्युनिस्ट पक्षबाट शेरबहादुर देउवालाई निसाना बनाएर प्रहार शुरु भएको बुझ्न सकिन्छ । यसको अर्थ शेरबहादुर स्निग्ध, पारदर्शी, इमानदार र स्वच्छ छन् भन्नेचाहिँ होइन, कानुनी रूपमा भ्रष्टाचारी प्रमाणित हुन बाँकी मानिसहरूको अग्रपङ्क्तिमा देउवा परिवार पर्दैपर्दैन भन्ने ठानिँदैन ।

यद्यपि, शेरबहादुर देउवा राजनीतिक जीवनमा प्रवेश गर्नुअघिदेखि नै मतिभ्रष्ट रहेको भने मानिँदैन । ०४८ मा गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि देउवाको चर्चा मुलुकमा चुलियो र, चिन्नेहरू उनको ‘सिम्प्लिसिटी’ बाट प्रभावित थिए । अत्यन्त साधारण जीवनशैली र युवादेखि वृद्ध सबैसँग मिल्न सक्ने क्षमताका कारण देउवाले राजनीतिक उचाइ प्राप्त गर्ने अनुमान हरकोहीले उतिबेलै गरेका हुन् । तर, उनको यो छवि धेरै लामो समयसम्म टिक्न पाएन । ललितपुरको एकान्तकुनामा जन्मिएकी एक विवादास्पद युवतीसँग ०५१ मा विवाह भएपछि देउवा जनप्रतिनिधिबाट रातारात शासकमा रूपान्तरित हुन पुगे । आरजु राणा नामकी ती युवतीसँगको विवाहपश्चात् देउवाको ‘हाउभाउ’ बेग्लियो, सोच, शैली र पोसाक फेरियो, साँझ र साथी पनि फेरिए । विवाह गर्नुअघि सत्तामा पुगेर पनि शेरबहादुर जनप्रतिनिधिजस्ता साधारण लाग्थे, त्यसपछि सत्तामा नरहँदा पनि उनी शासकजस्ता देखिन थाले । घटना र विचारबाट 

प्रतिक्रिया दिनुहोस