दलाई लामाले आफ्नै अभिब्यक्तिप्रति मागे माफी

आफ्नो उत्तराधिकारी आर्कषक महिला हुनुपर्छ भने पछि दलाई लामा विवादमा

सफल खबर संवाददाता

बुधबार, १८ असार २०७६, १० : २५
दलाई लामाले आफ्नै अभिब्यक्तिप्रति मागे माफी

काठमाडौं । भारतमा निर्वाचित दलाई लामाले आफ्नै एउटा विवादास्पद अभिब्यक्ति प्रति माफी मागेका छन् । निर्वासित सरकारका रुपमा रहेको दलाई लामाको उत्तराधिकारीको खोजी निर्वासित तिब्बतीहरुले गरिरहँदा उनले एक सञ्चारमाध्यमलाई दिएको अन्र्तवार्तामा आफनो उत्तराधिकारी महिला आएमा उनी आर्कषक हुनु पर्ने बताएका थिए ।

त्यसपछि उनको आलोचना भएको थियो । अहिलेका दलाई लामा उमेरले पाका ८५ वर्षका भएपछि उत्तराधिकारीको खोजी निर्वासित तिब्बतीहरुले गरेका हुन् । उनले आफ्नो उत्तराधिकारी महिला हुन सक्ने तर उनी आर्कषक हुनुपर्ने बताएका थिए । आर्कषक महिला उत्तराधिकारी चाहिने बताएपछि उनी निक्कै आलोचित बनेका थिए । त्यसपछि उनले यस अभिब्यक्तिप्रति माफी मागेका छन् । उनको कार्यालयले एक विज्ञप्ती नै प्रकाशित गरेर दलाई लामाले जे बोल्न खोज्नु भएको थियो, त्यो ठट्टा मात्र भएको प्रतिक्रिया दिएको छ ।

त्यस्तो ठट्टाबाट कसैलाई आघात पुगेको छ भने दलाई लामाले माफी माग्न चाहानु भएको छ,’, दलाई लामाको कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ‘उनी निकै दुःखी छन् कि उनले भनेको कुराबाट मानिसहरू दुःखी भए । त्यसैले उनी इमानदारीपूर्वक क्षमा चाहन्छन्’ उक्त विज्ञप्तिमा भनिएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ,–‘दलाई लामालाई आफ्नो यात्राका क्रममा भौतिकवादी संसारबीचको अन्तर्विरोध र यसका जटिलता अनि तिब्बती बौद्ध परम्पराको केन्द्रमा रहेको पुनर्जन्मबारे अन्तर्वस्तुबारे राम्रो ज्ञान छ ।’ आफ्नो जीवनभर दलाई लामाले महिलालाई बस्तुकरण गरिएको विपक्षमा बोल्दै आएको र लैङ्गिक समानतालाई समर्थन गरेको उक्त विज्ञप्तिमा उल्लेख छ ।

उक्त विज्ञप्तिमा उनले युरोपेली संघ अन्तर्गतका देशमा रहेका शरणार्थी घर फर्किनुपर्ने भन्ने टिप्पणीलाई पनि गलत तरिकाले व्याख्या गरिएको हुनसक्ने उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस