Safal Khabar - जसले प्रेमीको जिब्रो टोकेर भुइँमा थुकिदिइन्
मङ्गलबार, ०७ साउन २०७६ (Tuesday, 23 July, 2019)
जसले प्रेमीको जिब्रो टोकेर भुइँमा थुकिदिइन्
मङ्गलबार, १७ असार २०७६, २१ : १८
जसले प्रेमीको जिब्रो टोकेर भुइँमा थुकिदिइन्

काठमाडौँ । सन् २०१७ मा एक जना स्पेनी महिलाले पूर्वप्रेमीलाई अत्यन्त क्रूर चुम्बन गरेकी थिइन्। पूर्वप्रेमीले सम्बन्ध टुंग्याउन खोजेको बताएपछि उनले ‘अन्तिम चुम्बन’ गर्ने बहानामा उनको जिब्रो टोकर भुइँमा थुकिदिएकी थिइन्। ती महिला अब कानुनी फन्दामा पर्ने भएकी छिन्। 

बार्सिलोनाकी अदैया लोपेज इस्तिभमाथि दुई वर्षअघि पूर्वप्रेमीको जिब्रोको टुप्पो टोकेर छिनाइदिएको आरोप छ। पीडित पुरुषका वकिलले अदालतमा मुद्दा हालेका छन्। उनले इस्तिभलाई आठ वर्षको जेल सजाय हुनुपर्ने माग गरेका छन्। पूर्वप्रेमीको नाम खुलाइएको छैन।  

स्थानीय सञ्चारमाध्यमका अनुसार पीडित प्रेमी इस्तिभको छिनछिनमा बदलिरहने मुडका कारण हैरान भएका थिए। त्यसैले छसात महिनाको डेटिङपछि उनले सम्बन्ध तोड्ने निर्णय गरेका थिए। एक दिन उनले इस्तिभलाई आफूले प्रेम सम्बन्ध अन्त्य गर्न चाहेको बताए। उनी आगो भइन्।

केही छिनपछि उनले भनिन्, ‘ठीकै छ, तिम्रो निर्णय मलाई स्वीकार छ। अन्तिम पटक तिमीलाई चुम्बन गर्न चाहन्छु।’ त्यसपछि उनले प्रेमीलाई अँगालो हालेर चुम्बन गरिन्। तर, यति कठोर चुम्बन गरिन् कि उनले प्रेमीको जिब्रोको टुप्पो टोकेर छिनाइदिइन् र त्यसलाई भुइँमा थुकिदिइन्। स्पेनी अनलाइन पत्रिका ‘एल ताकिग्राफो’का अनुसार पीडाले चिच्याइरहेका र छटपटाइरहेका प्रेमीलाई छिमेकीले अस्पताल पुर्‍याएका थिए। इस्तिभको अपराध प्रमाणित भएमा उनले वर्षौं जेलको हावा खानुपर्नेछ। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस