सर्पदंशबाट एक युवकको मृत्यु

मंगलबार, १७ असार २०७६, १५ : ४९
सर्पदंशबाट एक युवकको मृत्यु

बझाङ । बझाङको मस्टा गाउँपालिका–१ घर भएको बुङ्गल नगरपालिकामा एक युवकको सर्पदंशबाट मृत्यु भएको छ । आफ्नो दिदीलाई घर पु¥याएर फर्कने क्रममा केदारस्यू गाउँपालिकाको देउरा बजारस्थित अरुण होटेलमा सुतिरहेको अवस्थामा सर्पले दायाँ कानमा डस्दा १९ वर्षीय पवन रोकायाको मृत्यु भएको हो । जिल्ला अस्पताल सिमखेतमा उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले बताएको छ ।

यसैबीच नेपाली सेनाका एक जवानलाई समेत हालै सर्पले डसेको र उहाँको पनि उपचार भइरहेको अस्पतालले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस