टिपरबाट सवा दुई क्वीण्टल गाँजा बरामद, चालक पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १७ असार २०७६, १२ : ००
टिपरबाट सवा दुई क्वीण्टल गाँजा बरामद, चालक पक्राउ

चितवन । चितवनमा प्रहरीले २२० केजी गाँजा बरामद गरेको छ । भण्डाराबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । 
गाँजा लोड गरिएको ना ४ ख २२९५ नम्बरको टिपरका चालक हेटौँडा उपमहानगरपालिका ७ बस्ने सौगात श्रेष्ठलाई नियन्त्रणमा लिएको डिएसपी आचार्यले जानकारी दिए । आचार्यका अनुसार विशेष सूचनाको आधारमा मंगलबार राति ३ बजे राप्ती नगरपालिका ४ भवानीपुर, लाहुरेचोकबाट नियन्त्रणमा लिएको हो । अवैध लागुपदार्थ गाँजा पहाडी ईलाकाबाट ल्याएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस