कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणीमा आज मोटरसाइल दुर्घटनामा परी २३ वर्षीय युवकको मृत्यु भएको छ ।
कैलालीको अत्तरियाबाट झलारीतर्फ आउँदै गरेको म१प ७२९१ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हँुदा शुक्लाफाँटा नगरपालिका–४ असैनाका वीरेन्द्र रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।
मोटरसाइकल अनियन्त्रित भई सडक नजीकको पोलमा ठोक्ँिकदा सख्त घाइते भएका रानाको उपचारका लागि कैलालीको पद्मा अस्पतालमा पु¥याएपछि मृत्यु भएको उहाँले बताउनुभयो । मोटरसाइकल पछाडि बसेका मृतकका बुवा ५० वर्षीय सुका रानासमेत घाइते भएका छन् । घाइते रानाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । रानाको शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा राखिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस