मुक्तिलाल चुकेको निधनपछि आँखा दान

सफल खबर संवाददाता

शनिबार, १४ असार २०७६, १२ : ४२
मुक्तिलाल चुकेको निधनपछि आँखा दान

चितवन । तत्कालीन भरतपुर नगरपालिकाका संस्थापक प्रमुख मुक्तिलाल चुकेको निधन पछि आँखा दान गरिएको छ । चुके परिवारले आँखा दान गरेका हुन । चुके नेपाल नेत्रज्योती संघका संस्थापक हुनुहुन्छ । अस्पतालमा ६५ जनाको आँखा प्रत्यारोपण गरिएको छ उहाँसहित ६ जनाले आँखा दान गरी सकेका छन् । 
आँखादानका लागि हालैमात्र गठन भएका दुई वटा लायन्स क्लवले जनचेतना अभिवृद्ध गर्न सुरु गरेका छन् । लायन्स क्लव अफ नारायणी एमजेएफ र लायन्स क्लव अफ चितवन राईजले आँखा दानका लागि जनचेतना जगाउने काम सुरु गरेका हुन् ।
 
चुकेको आज देवघाटमा अन्तिम संस्कार गरिएको छ । उहाँलाई नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो । यस अघि आज विहान काँग्रेस चितवनको पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी चितनका अध्यक्ष यमवहादुर परियार लगायतको ठूलो संख्यामा अन्तिम श्रद्धाञ्जलीका लागि देवघाट पुगेका थिए । 
वि.सं. १९९२ कार्तिकमा गुल्मीमा जन्मनु भएका चुकेको ८४ वर्षको उमेरमा शुक्रवार निधन भएको थियो । बुवा ज्योतिलाल चुके र आमा गंगादेवि चुकेको कान्छा छोराको रुपमा जन्मनु भएका मुक्तिलाल चुकेका तीन जना छोरा र एक छोरी हुनुहुन्छ । 
 

प्रतिक्रिया दिनुहोस