गण्डक नहर पीडितलाई क्षतिपूर्ति दिन आनाकानी गर्दै भारत

गण्डक ड्यामका कारण नेपालको हजारौं विघा जमिन बगरमा परिणत

प्रकाश सिग्देल

शुक्रबार, १३ असार २०७६, १६ : ४९
गण्डक नहर पीडितलाई क्षतिपूर्ति दिन आनाकानी गर्दै भारत

– प्रकाश सिग्देल 
प्रतापपुर, नवलपरासी । गण्डक नहरका कारण प्रतापपुर गाऊँपालिकाका स्थानीय समुदायहरु निकै चिन्तित बनेका छन् । अब बर्षात सुरु हुन थालेको र गण्डक नहर फुटेर गाऊँ बस्तिनै बगाउने होकि भन्ने चिन्तामा आफूहरु बसेको स्थानीयहरुको भनाइ छ ।  

भारतले गण्डक नहरको मुख्य नहर र साखा नहरहरु बेलाबेलामा सफा र मर्मत गर्नु पर्ने भएपनि भत्किएको मुल नहर र शाखा नहरहरु मर्मत र नयाँ निमार्णमा कुनै चासो नदेखाउँदा हरेक दिन स्थानीय समुदायहरु त्रासदिपुर्ण जिवन बिताउन बाध्य भएका छन् । कुन दिन गण्डक नहरको ड्याम भासिन्छ र पुरै प्रतापपुर खण्डहरमा परिणत हुन्छ भन्ने त्रासले हरेक दिन सताइरहेको स्थानीय बासिन्दा अमरदिप हरिजन बताउनुहुन्छ । नहर समयमै मर्मत सम्भार नहँुदा ड्याम भासिँदै जान थालेको छ । गण्डक समझौतामा नहर मर्मत र सरसफाइसहित गण्डक नहरबाट प्रभावितका लागि राहत समेत भारत सरकारले दिनु पर्ने उल्लेख भएपनि भारत सरकारले नदिदा समस्या भएको प्रतापपुर गाऊँपालिकाका अध्यक्ष राजकुमार शर्माले बताउनुभयो  ।  

भरतले नेपाल प्रति नै नकारात्मक सोच राखेकोले पुरै गाऊँपालिका नै पिडामा परेको अध्यक्ष शर्मा बताउनुहुन्छ ।  साबिकको १३ वटा गाविसका हजारांै हजार विगाह जमिन कटान र डुवान भएको र भारतलाई पटकपटक क्षतिको विवरण पठाउँदा पनि राहत दिन कुनै चासो नदिएको उहाँको भनाइ छ ।  


नेपाल सरकारले पनि सो क्षेत्रका स्थानीयको समस्या समाधानमा भारत सरकारसँग समन्वय गरी दुई देशबीच समस्या समाधानमा विशेष संवाद गर्नुपर्ने  उहाँको तर्क छ । यसपटक पनि भारतले मुल नहर, साखा नहर  तथा ड्ेन सफा गर्न चासो नदेखाए पुरै प्रतापपुर क्षेत्र जलमग्न हुने बताउँदै उहाँले भारत सरकारले बेलैमा समस्या समाधानमा चासो दिनु पर्ने धारणा राख्नु भयो । आकासबाट अलिकति पानि आउनासाथ नदिमा बाढी आउने र अहिले नदिको सतह माथी आईसकेको बताउदै नदि बढ्ना साथ गाऊँबासिमा छट्पटि सुरु हुने थालेको बताउनु भयो ।  भारतले बाढि आएका बेला भारत तिरको ढोका बन्द गर्ने र नेपाल तिरको ढोका खोल्ने काम गरेकाले हजारै हजार विघा जमिन कटान भएको बताउदै उहाले भारतले आफुहरुमाथी ठुलो अन्याए गरेको दाबि गर्नु भयो ।


बाधको ढोका खोल्ने र बन्द गर्ने अधिकार भारतकै हातमा रहेकाले उसले नेपालको भूमि कटानमै पार्ने नियतका साथ नेपालतिरको ढोका खेलिदिने र पानिको बेगले हरेक वर्ष नेपालको सयांै विघा जमिन पुरै बगरमा परिणत हुने गरेको उहाँको भनाइ छ । आफूहरुले क्षतिको विवरण पेश गरेपनि भारतसरकारले सुनुवाई नगरी हेप्ने काम गरेको बताउँदै उहाँले चाँडोभन्दा चाँडो समस्या समाधान गर्न भारत सरकारलाई आग्रह गर्नुभयो ।


 

प्रतिक्रिया दिनुहोस