उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

विहीबार, १२ असार २०७६, १४ : ०७
उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 दमासाक शहरबाट ५० किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानहरुको एक समूहलाई बोको हराम लडाकूले आक्रमण गरेको र सो आक्रमणमा परी २२ जनाको मृत्यु भएको सैनिक अधिकारीहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । 
 गोली लागि घाइते भएका दर्जनौं महिला र बालबालिका दमासाक शहरनजिक शरणको खोजीमा आइपुगेका छन् । 
मङ्गलबार नाम्गामाबाट १८ जनाको शव बरामद भएको सरकार समर्थित स्थानीय नागरिक समूहका प्रमुख उसमान बालाले बताउनु भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा नै उद्धारकार्य जारी रहेको बताइएको छ । 
  नाइजेरियाको उत्तरपूर्वी इलाकामा एक दशक यता बोको हराम आतङ्ककारी समूहले हिांसात्मक गतिबिधि गर्दै आएका छन् । यस द्वन्द्वमा परी हजारौं व्यक्तिको ज्यान गइसकेको छ ।  (रासस-सिन्ह्वा) 

प्रतिक्रिया दिनुहोस