भरतपुर महानगरमा वडा नम्बर ८ पहिलो

सफल खबर संवाददाता

मंगलबार, १० असार २०७६, २० : ५२
भरतपुर महानगरमा वडा नम्बर ८ पहिलो

भरतपुर । भरतपुर महानगरपालिकाको वडा नम्बर ८ उत्कृष्ट भएको छ । महानगरपालिको २९ वटा वडा मध्ये विकास तर्फ उक्त वडा उत्कृष्ट भएको हो । महानगरपालिकाको चौथो नगरसभामा आर्थिक वर्ष २०७५/७६ मा गरेको कामको मुल्याङ्कन गरी उत्कृष्ट भएको घोषणा गरिएको थियो । वडा नम्बर ८ ले विकासे गतिविधि र सेवा प्रदानको सुचाङ्क पुरा गरेर अन्य वडालाई उछिनेको हो । नगर सभामा वडाध्यक्ष दामोदर न्यौपानेलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल सम्मान पत्र प्रदान गरेका थिए । 
तोकिएको आठ वटा विधामा वडा नम्बर आठ उत्कृष्ट भएको हो ।  विकास निमार्णलाई जनपक्षिय सहभागीताबाट गरिएको , कार्यालय ब्यवस्थापन , वडाबासिको काम चुस्तदुरुस्त बनाएको महानगरपालिकाको निति अनुसार समयमै बजेट कार्यान्वयन गरेको भन्दै उत्कृष्ट भएको हो । वडाध्यक्ष न्यौपानेले जनताको सहयोगबाटै उत्कृष्ट भएको बताए । वडाले  सडक निमार्ण, सिंचाई , खानेपानी  लगाएतको विकास निमार्णलाई प्राथमिकता दिएको छ । 

प्रतिक्रिया दिनुहोस