एन आई सी एशिया र सी.पी. हस्पिटलबीच सम्झौता

सफल खबर संवाददाता

मंगलबार, १० असार २०७६, १९ : २९
एन आई सी एशिया र सी.पी. हस्पिटलबीच सम्झौता

काठमाडौं  । एन आई सी एशिया बैंक लिमिटेड र सी.पी. हस्पिटल, प्रा.लि. धनगढी, चटकपुर बीच विभिन्न सेवा सुविधा दिने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंककोतर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र सी.पी. हस्पिटलकातर्फबाट हस्पिटलका प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरे ।

सो सम्झौतापछि अब बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गले सी.पी. हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट हुनेछ ।

एनआईसी एशिया बैंकको हालसम्म २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस