प्रदेश ३ देशकै उत्कृष्ट प्रदेश भएको मुख्यमन्त्री पौडेलको दावी

सफल खबर संवाददाता

मंगलबार, १० असार २०७६, १८ : ३९
प्रदेश ३ देशकै उत्कृष्ट प्रदेश भएको मुख्यमन्त्री पौडेलको दावी

चितवन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले समृद्धिका लागि सोच परिवर्तन गर्नुपर्ने बताएका छन । भरतपुर महानगरको चौथो नगरसभालाई सम्बोधन गर्दै पौडेलले सडक बनाउनु, भौतिक संरचना निर्माण गर्नुलाई मात्रै विकास सोच्ने पुरानो मानसिकता त्याग्नुपर्ने बताएका हुन । 
उनले भने ‘प्राय सवै जसो स्थानीय तहबाट सडकबाटोका लागिमात्रै योजना पेस गर्ने गरेको छ, अब सडक पुर्वाधारसँगै शिक्षा, स्वास्थ्य, सामाजिक, साँस्कृतिक, धार्मिक विकासका लागि पनि लाग्नुपर्छ । सबैको विकास भएन भने समृद्धि प्राप्त हुँदैन ।’
पौडेलले सबै क्षेत्रको विकास भएन भने हिड्न गाह्रो पर्ने वृद्धवृद्धा व्यक्तिलाई ठूलो महल बनाएर माथिल्लो तलामा राखेजस्तै हुने उदाहरण दिएका छन । उनले भौतिक पूर्वाधारसँगै सामाजिक विकासलाई जोडेर समाजवाद उन्मुख कार्यक्रम ल्याएमात्रै सबैले चाहेको समृद्धि प्राप्त हुने बताए । 
यस्तै मुख्यमन्त्री पौडेलले निती कार्यक्रम जति राम्रो ल्याए पनि त्यसलाई पुरा गर्ने बजेट र कार्यान्वयन प्रभावकारी नबनाए कुनै अर्थ नहुँने बताए । उनले स्थानीय, प्रदेश र संघीय सरकार मिलेर हातेमालो गर्दै अघि बढे जनताले ३ तहको सरकार महसुस गर्ने तर आआप्mनो तरिकाले हिँडे समृद्धिको सपना मन्त्र जस्तोमात्रै हुने दावी गरे । 
उनले प्रदेश सरकार कर्मचारी अभाव, नयाँ संरचना लगायत विभिन्न संक्रमणकाबीच अघि बढीरहेकाले सोचेजति काम हुननसके पनि सबैभन्दा उत्कृष्ट प्रदेशका रुपमा अगाडि रहेको दावी गरे । 
 

प्रतिक्रिया दिनुहोस