खैरहनीको बजेट ८२ करोड

मंगलबार, १० असार २०७६, १७ : ५०
खैरहनीको बजेट ८२ करोड


चितवन । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि करिब साढे ८२ करोडको बजेट ल्याएको छ ।
नगरपालिकाको मंगलबार सम्पन्न पाँचौ नगरसभाले आगामी आर्थिक वर्षका लागि ८२ करोड ६० लाख ५२ हजार बराबरको बजेट सार्वजनिक गरेको हो ।

खैरहनी नगर प्रमुख लालमणि चौधरीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख सुनिता खरेल थपलियाले बजेट प्रस्तुत गरेकी थिइन् । चालु खर्च तर्फ ४३ करोड ७४ लाख १२ हजार र पुँजीगत खर्च ३८ करोड ८६ लाख ४० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस