रत्ननगरको बजेट एक अर्ब बढी

मंगलबार, १० असार २०७६, १७ : ४२
रत्ननगरको बजेट एक अर्ब बढी

रत्ननगर । रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि एक अर्ब पाँच करोड ३२ लाख रुपैयाँ बराबरको वजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको  पाँचौ नगर सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब पाँच करोड बराबरको बजेट ल्याएको हो । नगर सभामा उपमेयर विमलादेवी दुवाडीले बजेट प्रस्तुत गरेकी थिइन् ।  

उपप्रमुख दुवाडीका अनुसार नेपाल सरकारबाट सशर्त अनुदान २८ करोड २० लाख, समानिकरण अनुदान १९ करोड १३ लाख, राजस्व बाँडफाँडमा ११ करोड ६९ लाख, प्रदेश सरकारबाट समानिकरण अनुदान एक करोड १० लाख, सशर्त अनुदान ४ करोड ९६ लाख, राजस्व बाँडफाँडमा तीन करोड ३१ लाख, सामाजिक सुरक्षा २० करोड आम्दानी हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस