कालिका नगरपालिकाको बजेट ७७ करोड

सफल खबर संवाददाता

मंगलबार, १० असार २०७६, १७ : ३५
कालिका नगरपालिकाको बजेट ७७ करोड


चितवन । चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७७ करोड भन्दा वढि वजेट ल्याएको छ ।

नगरपालिकाको मंगलवार सम्पन्न चौथो नगर सभाले आर्थिक वर्ष २०७६र७६ का लागि ७७ करोड २३ लाख ४४ हजार वरावरको वजेट ल्याएको हो । नगर सभामा नगर उपप्रमुख कमला भट्टराईले आगामी वर्षका लागि वजेट प्रस्तुत गरेकी थिईन् ।

प्रस्तुत वजेटमा चालु खर्च २८ करोड २ लाख ९ हजार र पुँजीगत खर्च ४९ करोड २१ लाख ३५ हजार रुपैया रहेको छ । उपप्रमुख भट्टराईका अनुसार आगामी वर्ष आन्तरीक आम्दानी १८ करोड ९ लाख ८० हजार रुपैया , राजस्व वाँडफाँडबाट १ करोड २ लाख ९० हजार रुपैया, अन्तर सरकारी वित्तिय हस्तान्तरण तर्फ ३९ करोड ४० लाख ७४ हजार, प्रदेश सरकारबाट ३ करोड ६ लाख ७४ हजार रुपैया आम्दानी हुने अनुमान छ ।

यही असार ४ गते प्रस्तुत गरिएको निति तथा कार्यक्रममा नगर सभाषदहरुले राखेको जिज्ञासामा नगर प्रमुख खुमनारायण श्रेष्ठले जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस