सिन्धुलीमा कार दुर्घटना हुँदा एकै परिवारका दुईको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १० असार २०७६, ०७ : ३४
सिन्धुलीमा कार दुर्घटना हुँदा एकै परिवारका दुईको मृत्यु

काठमाडौं । सिन्धुलीमा नीजि कार दुर्घटना हुँदा एकै परिवारका दुइृ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको सुनकोसी गाउँपालिका–२ कमारे फाँटमा कार दुर्घटना भएको हो ।

मुत्यु हुनेमा काठमाडौं महानगरकपालिका २१ नयाँ वानेश्वरकी ४६ वर्षकी हेमा लामिछाने र ५७ वर्षका अच्युत लामिछानेको निधन भएको हो । दुर्घटनावाट २२ वर्षकी आस्था लामिछाने घाइते भएकी छिन । उनलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए ।  कार चालक ५८ वर्षका दिपक लामीछाने सामान्य घाइते भएका छन ।

प्रहरीका अनुसार  हलेसी महादेवको दर्शन गरि काठमाडौं फर्कने क्रममा उक्त कार विपि राजमार्गमा सोमबार राती करीब १२ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेको कार सडक बाट करिब ५ सय मिटर तल खसेको थियो । 


 

प्रतिक्रिया दिनुहोस