४१ लाख नगदसहित ८ जना हुन्डी कारोबारी पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०९ असार २०७६, २२ : ०५
४१ लाख नगदसहित ८ जना हुन्डी कारोबारी पक्राउ

काठमाडौं । पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पर्साको बीरगञ्ज महानगरपालिकाको माइस्थानस्थित केपी स्वर्णकला केन्द्रसँगैको कोठबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ४१ लाख ९६ हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस