विप्लवका छोरा आफ्नै गाउँमा स्वास्थ्य शिविर चलाउँदै

सफल खबर संवाददाता

सोमबार, ०९ असार २०७६, १० : ४५
विप्लवका छोरा आफ्नै गाउँमा स्वास्थ्य शिविर चलाउँदै

काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दले आफ्नै गाउँ कपिलवस्तु शिवगढीमा स्वास्थ्य शिविर चलाएका छन् । विप्लवको पार्टीको जनवर्गीय संगठन जनस्वास्थ्यकर्मी महासंघका महासचिव समेत रहेका प्रकाश लगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य शिविर चलाएका हुन् ।

अखिल नेपाल जनस्वास्थकर्मी महासंघको पहलमा र शहिद स्मृति प्रतिष्ठानको आयोजनामा आयोजित शिविरमा दुई हजार ६ सय ५० जना बिरामीले निशुल्क स्वास्थ परिक्षण गराएको उक्त महासंघका अध्यक्ष टीका कँडेलले सफल खबरलाई बताए । शिविरमा विप्लवका छोरा प्रकाश सहित १९ जना डाक्टर र अन्य स्वास्थ्यकर्मी गरी  ४० जनाको सहभागीता रहेको थियो । शिविरको नेतृत्व जनस्वास्थ्यकर्मी महासंघका महासचिव प्रकाश चन्दले गरेका छन् । चन्द चितवन मेडिकल कलेजमा एमबिबिएसको पढाई गर्दै प्रशिक्षार्थी चिकित्सकका रुपमा समेत काम गरिरहेका छन् । 

यही हो विप्लवको घर

धेरैलाई चासो लाग्ला विप्लव कहाँ बस्छन् ? उनको घर कस्तो अवस्थामा छ ? विप्लवको घर कपिलवस्तुको शिवगढीमा छ । तर उनी त्यहाँ अहिले छैनन् । घरमा उनका आमा लगायतका परिवार मात्र बस्छन् । तिन दाजुभाई नै राजनीतिमा रहेका कारण पनि घरमा आमा मात्र छिन् । विप्लवका जेठो दाजु चन्द्रबहादुर चन्द (विरजंग) विप्लवकै पार्टीमा पोलिटब्यूरो सदस्य छन् । माइलो दाजु जयन्द्र चन्द भने पार्टी सम्वद्ध खेलकुद महासंघका अध्यक्ष छन् ।

प्रतिक्रिया दिनुहोस