पाँचौ चितवन च्याम्पियनसिपको उपाधि अभिषेकको पोल्टामा, प्रहरी उपविजेता

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०७६, २० : ५३
पाँचौ चितवन च्याम्पियनसिपको उपाधि अभिषेकको पोल्टामा, प्रहरी उपविजेता

चितवन । हानामि पाँचौँ चितवन च्याम्पियनसिप कपको उपाधि अभिसेक चर्च रजहरले उचालेको छ । आईतवार सम्पन्न फाईनलमा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरलाई २–१ गोलले पराजित गर्दै अभिषेकले उपाधि उचालेको हो । 
प्रहरीका सन्तोष हेम्रोनले खेलको ११ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि उपविजेतामा चित्त बुझाउनुप¥यो । दोस्रो हाफको २१ औँ मिनेटमा विदेशी खेलाडी यामिकले गोल गर्दै खेललाई बराबरी गरे । त्यसपछि ३५ औँ मिनेटमा अर्को गोल पनि यामिकलेनै गर्दै खेललाई २ एकको अवस्थामा पु¥याएका थिए । त्यसपछि दुवै टिमबाट गोल हुननसकेपछि प्रहरीलाई आप्mनै मैदानमा पराजित गर्दै अभिसेकले उपाधिमाथि कव्जा जमायो । 


उपाधिसँगै अभिसेकले ३ लाख, मेडल र प्रमाणपत्र पाएका छन । यस्तै उपविजेता प्रहरीले १ लाख ५० हजार मेडल, प्रमाणपत्र प्राप्त गरे भने तेस्रो हुने जु फुटबल क्लब जुगेडीले ५० हजार रुपैँया सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । विजेता टिमलाई पुर्व प्रधानमन्त्री एवंम नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार वितरण गरेका थिए । जेठ २४ गत्ते सुरु भएको प्रतियोगितामा जिल्लाका ८ र जिल्लाबाहिरका ८ गरी १६ टिम सहभागि भएका थिए । 

प्रतिक्रिया दिनुहोस