एस ओ एस बालग्रामले ३३ औं एसओएस दिवस समाहरोह मनायो

बालग्रामका संस्थापक प्रा.डा हर्मन माइनरको १०० औं जन्मजयन्तिको अवसरमा साताव्यापी कार्यक्रम सम्पन्न

प्रकाश सिग्देल

आइतबार, ०८ असार २०७६, १९ : २७
एस ओ एस बालग्रामले ३३ औं  एसओएस दिवस समाहरोह मनायो

- प्रकाश सिग्देल
चितवन । एस ओ एस बालग्रामले ३३ औं एसओएस दिवस समाहरोह भव्यताका साथ मनाएको छ । बालग्राम परिसरमा एक भव्य कार्यक्रम गरी ३३ आंै एसओएस दिवस मनाएको हो । एसओएस बालग्राम अन्तराष्ट्रियको ७० औं स्थापना दिवस एवं प्रा.डा हर्मंन माईनरको १०० औं जन्मजयन्तिको सुअवसरमा एसओएस बालग्राम भरतपुरले सप्ताहव्यापी  विभिन्न कार्यक्रमको आयोजना समेत गरेको एसओएस बालग्राम नेपालका नायव राष्ट्रिय निर्देशक भोलानाथ पौडेलले बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल प्रमुख अतिथिका रुपमा रहनुभएको थियो । सो अवसरमा बोल्दै दाहालले एसओएस बालग्रामले शिक्षा विकास र अनाथ  असाहय बालबालिकाको क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा स्थानीय सरकारले आवश्यक सबै खाले सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा एसओएस बालग्रामको समाज रुपान्तरणको अभियान र स्थानीय समाजको उत्थान र विकासमा अतुलनीय योगदान गरेकोे भन्दै भरतपुर महानगर वडा नम्वर ८ का अध्यक्ष दामोदर न्यौपाने, समाजसेबि केशव देवकोटा र प्रभातकुमार जोसीलाई सम्मान गरिएको बालग्रामका नायव निर्देशक राजेन्द्र लम्सालले बताउनु भयो । 

त्यस्तै कार्यक्रमकै अवसरमा सप्ताहव्यापी कार्यक्रमको समापनसहित अन्तरविद्यालय जिल्ला स्तरीय लोक नित्य प्रतियोगिताका विजेता, जिल्ला स्तरीय हाजिरी जवाफ र   चित्रकला प्रतियोगिताका विजेता, अन्तर आमा समूह वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको लम्सालको भनाई छ । बालग्रामले अनाथ बालबालिकालाई अत्याधुनिक सुबिधायुक्त भवन निर्माण गरी आवासीय रुपमा शिक्षा प्रदान गर्दै  आएको छ भने आफ्नै विद्यालयमा भरतपुर क्षेत्रका बार्षिक एक हजार बढी बिद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस