के छ अहिलेसम्म प्रकाशन हुन नसकेको नेकपाको राजनीतिक प्रतिवेदनमा (पूर्ण प्रतिवेदन सहित)

प्रतिवेदन पूर्नलेखन गर्ने ओलीको प्रस्ताव, बहुमत सदस्यको असहमति, तत्काल प्रतिवेदन प्रकाशनमा जोड

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०७६, ०७ : १३
के छ अहिलेसम्म प्रकाशन हुन नसकेको नेकपाको राजनीतिक प्रतिवेदनमा (पूर्ण प्रतिवेदन सहित)

काठमाडौं । नेकपाको अन्तरिम राजनीतिक प्रतिवेदन पार्टी एकताको १३ महिना पुगिसक्दा समेत प्रकाशन हुन सकेन । प्रतिवेदन प्रकाशित हुन नसक्दा नेकपाको राजनीतिक कार्यदिशाका विषयमा नेताहरुकै आ–आफनै ब्याख्या हुन थालेका छन् । जनताको जनवादलाई राजनीतिक कार्यदिशा बनाउँदै तत्कालिन दुबै पार्टी एमाले र माओवादीका कार्यदिशालाई महाधिवशेनमा वहसमा लैजाने गरी स्थगन गरेपनि एमाले वृत्तका नेताहरुले अन्तरिम कार्यदिशालाई अनेक ब्याख्या लगाउने प्रयास शुरु हुन थालेको छ ।

खासगरी ओली निकट नेता इश्वर पोखरेलले घोषित रुपमै कार्यदिशामाथी प्रश्न उठाउन थालेपछि फेरि प्रतिवेदन माथी बहस शुरु भएको छ । अध्यक्ष ओलीको अनिच्छाका कारण प्रतिवेदन १३ महिनासम्म अलपत्र थियो । प्रतिवेदनमा माओवादीको १० वर्षे जनयुद्ध र त्यो जनयुद्धको नेतृत्वकर्ता प्रचण्डको भूमिकाका विषयमा उल्लेख भएको ओलीलाई मन परिरहेको थिएन । सिधै त्यसलाई नकार्न पनि नसक्ने, प्रकाशनमा पनि नलैजाने ओलीको त्यही
प्रवृत्तिको फाइदा उठाउँदै शीर्ष नेताहरुले नै कार्यदिशामाथी प्रश्न उठाउन थालेपछि अध्यक्ष प्रचण्डले प्रतिवेदन प्रकाशनमा जोड गरेका छन् ।

शनिवारको सचिवालय बैठकमा पनि त्यही कुरामा अध्यक्ष प्रचण्डले जोड गरेपछि अब नेकपाले प्रतिवेदनका विषयमा एउटा टुंगोमा पुग्नै पर्ने भएको छ । प्रचण्डले प्रतिवेदन प्रकाशनमा जोड गरेपछि प्रधानमन्त्री ओलीले प्रतिवेदन
पूर्नलेखनको प्रस्ताव बैठकमा राखेको स्रोतले बताएको छ । यद्यपी, ओलीले के–केमा पूर्नलेखन गर्ने भन्नेमा भने केही बताएका छैनन । महासचिव विष्णु पौडेलले दुई अध्यक्षले अर्काे बैठकमा सम्पादनको अन्तिम प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदन प्रकाशनमा जाने बताएका छन् । अध्यक्ष ओलीले प्रतिवेदन पूर्नलेखनको प्रस्ताव गरेपनि अन्य सचिवालय सदस्यले त्यसमा असहमति जनाएका छन् ।

ओलीले प्रतिवेदन पूर्नलेखनको प्रस्ताव ल्याउनुमा त्यही १० वर्षे माओवादी युद्ध, त्यसको नेतृत्वकर्ता प्रचण्डको भूमिका र कार्यदिशामा संसोधन खोजेका हुनसक्ने आशंका माओवादी वृत्तका नेताहरुले गरेका छन् । तर विगतमै एकताका क्रममा बनेको अन्तरिम राजनीतिक कार्यदिशा, माओवादी युद्ध लगायतका विषयमा माओवादी वृत्तका नेताहरु संसोधन कुनै हालतमा पनि मान्य पक्षमा छैन ।

अहिलेसम्म रोकिएको प्रतिवेदनमा के छ त ? हेर्नुहोस पूर्ण पाठ :
 

प्रतिक्रिया दिनुहोस