चितवन च्याम्पियनसिप : उपाधि भिडन्त स्थगित

सफल खबर संवाददाता

शनिबार, ०७ असार २०७६, १८ : ३२
चितवन च्याम्पियनसिप : उपाधि भिडन्त स्थगित

चितवन । सनिवार हुने भनिएको पाँचौँ चितवन च्याम्पियनसिप कपको फाईनल खेल स्थगित भएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर र अभिषेक चर्च रजहरविचको उपाधि भिडन्त वर्षाका कारण स्थगित भएको आयोजक एभ्रेष्ट क्लबका सचिव विकास कोईरालाले जनाकारी दिए । 

सनिवार विहानैबाट परेको वर्षाले खेल मैदान खेल खेल्न नमिल्ने भएको साथै दर्शक तथा फाईनल खेलका अतिथिलाई कार्यक्रमस्थलमा पुग्न समस्या पर्नेभएकाले खेल स्थगित गरीएको आयोजकले जनाएको छ । उनका अनुसार आज स्थगित गरीएको फाईनल खेल आईतवार दिउँसो साढे ३ बजे हुने छ ।

उपाधि भिडन्त निक्कै प्रतिस्पर्धात्मक हुने अनुमान गरीएको छ । यी दुई टोलीले उपाधि दावेदारका रुपमा रहेका पुर्वविजेता टिमलाई पाखा लगाउदै फाईनल भिडन्त पक्का गरेका हुन । प्रहरीले आप्mनै खेल मैदानमा हुने फाईनलको फाईदा लिने सोच बनाएको छ भने रजहर प्रहरीलाई उसकै खेलमैदानमा पराजित गर्दै उपाधि हत्याउने दाउमा रहेको छ । 

सेमिफाईनलमा प्रहरीले देशभक्त फुटबल क्लब परासीलाई पराजित गरेको थियो भने रजहरले पुर्व विजेता जु फुटबल क्लब जुगेडीलाई पराजित गर्दै फाईनलमा पुगेको हो । यस्तै क्वार्टरफाईनलमा रजहरले सुन्धारा फुटबल क्लब काठमाण्डौँलाई र प्रहरीले डिफेन्डिङ च्याम्पियन फोर ब्रदर्श गैडाकोटलाई पराजित गरेको थियो । 
शुक्रवार हुने भनिएको तेस्रो स्थानको खेलमा देशभक्त फुटबल क्लब सहभागि नभएपछि पुर्वविजेता जु फुटबल क्लब जुगेडी स्वतः तेस्रो बनेको छ । 

प्रतियोगिताको विजेताले ३ लाख, मेडल र प्रमाणपत्र तथा उपविजेताले १ लाख ५० हजार मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै तेस्रो हुनेले ५० हजार रुपैँया सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गत जेठ २४ गत्तेदेखी जारी प्रतियोगितामा जिल्लाका ८ र जिल्लाबाहिरका ८ गरी १६ टिम सहभागि भएका थिए । 
 

प्रतिक्रिया दिनुहोस