चितवन च्याम्पियनसिपको फाईनलमा आज प्रहरी र अभिषेक भिड्दै

सफल खबर संवाददाता

शनिबार, ०७ असार २०७६, ११ : ०७
चितवन च्याम्पियनसिपको फाईनलमा आज प्रहरी र अभिषेक भिड्दै

चितवन । पाँचौँ चितवन च्याम्पियनसिप कपको फाईनल खेल आज हुँदैछ । उपाधिका लागी जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर र अभिषेक चर्च रजहर आमनेसामने हुँदैछ । खेल जुनियर प्रहरी अधिकृत शिक्षालयको खेल मैदानमा अपरान्ह ४ बजे हुने आयोजक एभ्ररेष्ट क्लब भरतपुरका सचिव विकास कोईरालाले जानकारी दिए । 
उपाधि भिडन्त निक्कै प्रतिस्पर्धात्मक हुने अनुमान गरीएको छ । यी दुई टोलीले उपाधि दाबेदारका रुपमा रहेका पुर्वविजेता टिमलाई पाखा लगाउदै फाईनल भिडन्त पक्का गरेका हुन । 
सेमिफाईनलमा प्रहरीले देशभक्त फुटबल क्लब परासीलाई पराजित गरेको थियो भने रजहरले पुर्व विजेता जु फुटबल क्लब जुगेडीलाई पराजित गर्दै फाईनलमा पुगेको हो । यस्तै क्वार्टरफाईनलमा रजहरले सुन्धारा फुटबल क्लब काठमाण्डौँलाई र प्रहरीले डिफेन्डिङ च्याम्पियन फोर ब्रदर्श गैडाकोटलाई पराजित गरेको थियो । 

शुक्रबार हुने भनिएको तेस्रो स्थानको खेलमा देशभक्त फुटबल क्लब सहभागि नभएपछि पुर्वविजेता जु फुटबल क्लब जुगेडी स्वतः तेस्रो बनेको छ । प्रतियोगिताको विजेताले ३ लाख नगद, मेडल र प्रमाणपत्र तथा उपविजेताले १ लाख ५० हजार नगद मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै तेस्रो हुनेले ५० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गत जेठ २४ गतेदेखी जारी प्रतियोगितामा जिल्लाका ८ र जिल्लाबाहिरका ८ गरी १६ टिम सहभागि भएका थिए । 

प्रतिक्रिया दिनुहोस