सरकारी खर्चमा जनप्रतिनिधिको यस्तो मस्ती : भ्रमणका लागि साढे पाँच देखि ३५ लाख सम्म बजेट

पत्रपत्रिकाबाट

शुक्रबार, १२ माघ २०७४, ०७ : १०
सरकारी खर्चमा जनप्रतिनिधिको यस्तो मस्ती : भ्रमणका लागि साढे पाँच देखि ३५ लाख सम्म बजेट

डोल्पाका आठमध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा जिल्लाभित्रै र भारत भ्रमणमा गएका छन् । त्रिपुरासुन्दरी नगरपालिका तथा शे-फोक्सुडो, डोल्पो बुद्ध, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकाका प्रमुख, वडा सदस्य र वडासचिवसमेत घुमघाममा निस्केका हुन् ।

सबै तहले नगर र गाउँ परिषद्बाटै निर्णय गराएर भ्रमणका लागि साढे पाँच लाखदेखि ३५ लाख रुपैयाँसम्म बजेट छुट्याएका छन् । शे-फोक्सुन्डो गाउँपालिकाले सबैभन्दा बढी ३५ लाख र मुड्केचुला गाउँपालिकाले सबैभन्दा कम पाँच लाख रुपैयाँ भ्रमणका लागि विनियोजन गरेका हुन् ।

शे-फोक्सुन्डोले भ्रमण र कर्मचारीको क्षमता अभिवृद्धिका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको प्रमुख टासीटुण्डुप गुरुङले जानकारी दिए । उनले ‘माथिल्लो डोल्पाको पर्यटकीय क्षेत्रको विकासका लागि’ भ्रमणमा पठाएको दाबी गरे । ‘हेर, देख र सिक अनि प्रयोगमा ल्याऊ’ भन्ने नै मुख्य उद्देश्य रहेको भ्रमण टोलीमा रहेका शे-फोक्सुडो गाउँपालिका-४ का वडाध्यक्ष पेमा वाङजेन लामाले जानकारी दिए ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस