अझै पुगेन प्रदेश मुकाममा कर्मचारी ?

पत्रपत्रिकाबाट

शुक्रबार, १२ माघ २०७४, ०७ : ०८
अझै पुगेन प्रदेश मुकाममा कर्मचारी ?

कर्मचारी र कार्यालयको समायोजन प्रक्रिया ढिलो भएका कारण प्रदेशस्तरीय मन्त्रालयहरूले स्वरूप लिन सकेका छैनन् ।
प्रदेश ४ का मुख्यमन्त्रीका लागि छनोट गरिएको पोखराको ड्यामसाइडस्थित पोखरा लेखनाथ महानगरपालिकाको गेस्टहाउस बिहीबार मर्मत गरिँदै ।

प्रदेश प्रमुखको कार्यालयमा १३ कर्मचारी, २ चालक र ३ कार्यालय सहयोगीको सरुवा भइसकेपनि सचिव रामकृष्ण गुरागाईं र अन्य २ कर्मचारी मात्र आइपुगेका छन् ।

अन्य मन्त्रालय, प्रदेश मुख्यसचिव तथा सभामुखको कार्यालय लगायतमा कर्मचारी कति आउने भनेर लिखित जानकारी नआएको मोरङ प्रशासनले जनाएको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस