सेती नदीमा बगेर बालकको मृत्यु

शुक्रबार, ०६ असार २०७६, १८ : ०२
सेती नदीमा बगेर बालकको मृत्यु

डोटी । डोटीको सेती नदीमा बगेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार आज सेती नदीमा नुहाउन गएका बेला शिखर नगरपालिका–१० बानीडुग्रीसैन बस्ने हरिश बलायरका छोरा वर्ष ७ का गोविन्द बलायरको मृत्यु भएको हो । 

स्थानीय सेवा एकेडेमी बोर्डिङमा यूकेजीमा पढ्ने निज बालक आज दिउँसो स्कुल छुट्टी भएपछि सेती नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा एकाएक बगेका बालक बलायर करीब ३० मिटर तल नदी छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।(रासस)  
 

प्रतिक्रिया दिनुहोस