‘खामेनीको हत्या घृणित र निन्दीय अपराध, राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रि अनुसन्धान हुनुपर्छ’ : भ्लादिमिर पुटिनt

सफल खबर संवाददाता

आइतबार, १७ फागुन २०८२, २० : ५३
‘खामेनीको हत्या घृणित र निन्दीय अपराध, राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रि अनुसन्धान हुनुपर्छ’ : भ्लादिमिर पुटिनt

काठमाडौँ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको हत्याको कडा शब्दमा निन्दा गर्दै संयुक्त राष्ट्रसंघमार्फत घटनाबारे अन्तर्राष्ट्रिय अनुसन्धान आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।

पुटिनले खामेनीको हत्या अन्तर्राष्ट्रिय कानुनविरुद्ध भएको भन्दै त्यसलाई “निरंकुश र निन्दनीय हत्या” को संज्ञा दिएका छन् । सीएनएनका अनुसार पुटिनले क्रेमलिनबाट जारी वक्तव्यमा खामेनीमाथि गरिएको आक्रमणलाई सार्वभौम राष्ट्रको नेतृत्वमाथिको घृणित हमला भनेका छन् ।

उनले यस्तो कार्यले अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र विश्व सुरक्षा संरचनामाथि गम्भीर चुनौती सिर्जना गरेको बताएका छन् ।

पुटिनले भनेका छन्, “राज्य नेतृत्वलाई लक्षित गरी गरिएको हत्या कुनै पनि हालतमा स्वीकार्य हुँदैन । यो अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन हो।”

रुसले मध्यपूर्व क्षेत्रमा तीव्र बन्दै गएको सैन्य तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल तनाव कम गर्न कूटनीतिक पहल आवश्यक रहेको जनाएको छ। मस्कोले सबै पक्षलाई संयमता अपनाउन र द्वन्द्व थप विस्तार हुन नदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस