यूएईमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न दूतवासको आग्रह

सफल खबर संवाददाता

शनिबार, १६ फागुन २०८२, १८ : ५६
यूएईमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न दूतवासको आग्रह

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै यूएई सरकार तथा नेपाली दूतावासरमहावाणिज्य दूतावासले जारी गरेका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको पालना गर्न सबै नेपाली नागरिकलाई अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस