खामेनीको छोरी र ज्वाइँ मारिएको पुष्टि, नाति र बुहारी पनि रहेनन्

सफल खबर संवाददाता

आइतबार, १७ फागुन २०८२, ०७ : ०९
खामेनीको छोरी र ज्वाइँ मारिएको पुष्टि, नाति र बुहारी पनि रहेनन्

एजेन्सी । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका परिवारका सदस्यहरू इजरायली-अमेरिकी आक्रमणमा मारिएको पुष्टि भएको छ।

इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग आबद्ध अर्ध-सरकारी समाचार संस्था फार्स न्युजले खामेनीकी छोरी, ज्वाइँ र नातिको मृत्यु भएको पुष्टि गरेको हो।

सर्वोच्च नेता खामेनीको कार्यालयका जानकार स्रोतहरूलाई उद्धृत गर्दै फार्स न्युजले यो खबर सार्वजनिक गरेको हो। सोही रिपोर्टका अनुसार उक्त आक्रमणमा खामेनीकी एक बुहारीको पनि मृत्यु भएको बताइएको छ।

आफ्नो परिवारका सदस्यहरूको मृत्युको खबर पुष्टि भए पनि सर्वोच्च नेता खामेनी स्वयंको अवस्थाका बारेमा भने इरानी सरकारले अझै पनि औपचारिक मुख खोलेको छैन। यद्यपि, विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने खामेनीको पनि सोही आक्रमणमा मृत्यु भइसकेको दाबी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस