मिडिया काउन्सील विधेयकको विरोधमा सरकारलाई हस्ताक्षर

शुक्रबार, ०६ असार २०७६, १६ : ५३
मिडिया काउन्सील विधेयकको विरोधमा सरकारलाई हस्ताक्षर

चितवन । सरकारले ल्याएको मिडिया काउन्सील विधेयकको विरोधमा पत्रकार महासंघ चितवनले संकलन गरेको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाइएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतमार्फत प्रधानमन्त्रीलाई बुझाइएको हो । 
विधेयक फिर्ता गर्न दबावस्वरुप महासंघको केन्द्रीय कार्यक्रम अनुसार २ दिन लगाएर संकलन गरिएको पत्रकारहरुको हस्ताक्षर बुझाइएको पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले बताए । हस्ताक्षर बुझाउँदै अध्यक्ष खतिवडाले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने गरी ल्याएको विधेयक फिर्ता नलिएसम्म आन्दोलनलाई जारी राख्ने दृढता व्यक्त गरे । हस्ताक्षर बुभ्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले हस्ताक्षर आजै प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिवद्धता जनाए । महासंघले देशव्यापी कार्यक्रम अन्तर्गत हस्ताक्षर संकलन गरी बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस