उपचारका क्रममा विरामिको मृत्युः पुरानो मेडिकल कलेजमा तनाव

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०७६, २१ : २३
उपचारका क्रममा विरामिको मृत्युः पुरानो मेडिकल कलेजमा तनाव

चितवन । चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा एक युवाको मृत्यु भएपछि तनाव भएको छ । विरामिका आफन्तले अस्पतालमा कार्यरत कर्मचारीको लापार्वाहिले मृत्यु भएको आरोप लगाएका छन । 
बुटवल उपमहानगरपालिका १५ सिमलार मैनापुरका भोज बहादुर पाण्डे र देउमाया पाण्डेका १७ वर्षीय छोरा लेखराज पाण्डेको उपचारका क्रममा विहिवार साँझ मृत्यु भएको हो । लेखराख गएको जेठ ९ गत्ते मोटरसाईकल दुर्घट्नामा परी घाईते भएका थिए । त्यसपछि जेठ १० गत्ते पुरानो मेडिकल कलेजमा उपचारका लागी ल्याएका थिए । 
मृतकका बुबा भोज बहादुरका अनुसार लेखराजको टाउकोमा रगत जमेकाले अप्रेसन गरीएको र सो क्रममा थोरै हड्डी समेत नीकालीएको थियो । उनले भने ‘१० दिनको उपचारपछि छोरो धेरै ठिक भईसकेको, सवैसँग बोल्ने अवस्थामा पुग्यो र गत जेठ २५ गत्ते अपरान्ह ४ बजे ह्वुईलचियरबाट लडेका थिए । त्यसपछि छोरोको अवस्था विग्रदै गएको थियो ।’ 
विरामिको हेरचाहमा खटिएका कर्मचारीले लापार्वाहि गर्दा छोराको मृत्यु भएकाले दोषीलाई छानविन गरी कार्वाहि गर्नुपर्ने आफन्तको माग छ । उनिहरुले छानविन गर्नुपर्ने, आफु ह्वुईलचियरबाट लडेको भनेर मृत्यु हुनेभन्दा अघिनै भनेकाले सो समयको सिसि क्यामेरा फुटेज हेर्नुपर्ने माग गरेका छन । उनिहरुले सव जिम्मा लिन मानेका छैनन । 
उता मेडिकल प्रसासनले भने घट्ना थप अनुसन्ध भईरहेको जनाएको छ । मेडिकलका अतिरिक्त निर्देशक डा मनोहर प्रधानले थप अनुसन्धान भईरहेकाले अहिलेनै बोल्ने अवस्था नरहेको बताएका छन । 
 

प्रतिक्रिया दिनुहोस