गोन्द्राङबाट ४१ बालबालिकाको उद्धार

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०७६, २० : ४८
गोन्द्राङबाट ४१ बालबालिकाको उद्धार

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले विहिवार ४१ जना बालबालिकाहरुलाई उद्धार गरेको छ । राप्ति नगरपालिका १३ का पहाडी क्षेत्रका चेपाङ बालबालीकालाई अन्यत्र लैजादै गर्दा विशेष सुचनाका आधारमा गोन्द्राङ प्रहरीले उद्धार गरेको हो ।
निशुल्क पढाउने भनी अभिभावकलाई प्रलोभनमा पारी लैजादै गरेको अवस्थामा उद्धार गरीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनिहरुलाई लैजान प्रयोग गरीएको ग २ च ३६५७ र ग २ च १३६९ नम्बरको बोलेरो गाडीसहि ६ जनालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । 
पक्राउ परेकाहरुले अभिभावकको अनुमतिमा गोरखा जिल्लाको सिरानचोकमा रहेको भद्रशिल आधारभुत विद्यालयमा पढाउन लैजादै गरेको बताएको जनाईएको छ । उनिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको जनाईएको छ । 
उद्धार गरीएका बालबालिकाहरु ४ देखि १५ वर्ष उमेर समुहको रहेको प्रहरी नायव उपरिक्षक दिपेन्द्र साहले जानकारी दिए । उनिहरुलाई राप्ती नगरपालिका १३ का वडाअध्यक्ष सुर्य बहादुर प्रजाको रोहवरमा सम्बन्धित अभिभावकको जिम्मा लगाईएको छ । 
 

प्रतिक्रिया दिनुहोस